काठमाडौं – मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ । संस्थाले २ हजार २ सय ६८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
सो शेयर खरिदका लागि पहिलो प्राथमिकता संस्थाको विद्यमान संस्थापक शेयरधनीलाई दिएको संस्थाले जनाएको छ। सो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन्।
इच्छुकले संस्थाको केन्द्रिय कार्यालय लम्कीचुहा –४ बलिया, वा कर्पोरेट कार्यालय बुढानीलकण्ठ–७ गल्फुटारमा आवश्यक कागजातसहित लिखित आवेदन दिन सक्नेछन् ।






About Us
प्रतिक्रिया