रौतहट बम काण्डको फाइल खोल्ने एसएसपी खत्री डिआईजीमा पहिलो स्थानमा सिफारिस


काठमाडौं – नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक भुपेन्द्र बहादुर खत्रीलाई प्रहरी नायव महानिरीक्षक (डिआईजी) पदमा पहिलो स्थानमा सिफारिस भएका छन्। एसएसपीमा बढुवा हुँदा दोस्रो नम्बरमा परेका भुपेन्द्र बहादुर खत्री डिआईजीमा पहिलो वरियतामा बढुवा भएका हुन् ।

उनले वरिष्ठ उपरीक्षक हुँदा काठमाडौं जिल्ला प्रहरी परिसरको प्रमुखको जिम्मेवारी सम्हालेका थिए । साथै, खत्रीले कार्यरत समयमा ठुला सुरक्षा तथा अपराध नियन्त्रण मुद्दाहरूमा जिम्मेवारी सम्हालेका छन् । खत्रीले २७ चैत ०६४ मा रौतहटको राजपुर फरहदवामा भएको विस्फोट र इँटाभट्टामा जिउँदै मान्छे जलाएको घटनाको फाइल खोलेका थिए ।

 उनको विगतको कार्यदक्षता र भविष्यमा नेतृत्वको भूमिकामा निरन्तरता दिनुका साथै अपराध नियन्त्रणका चुनौतीहरू अब उनका लागि मुख्य एजेण्डा बन्ने छ । खत्री तीनै प्रहरी अधिकृत हुन्, जसले घटनाको एक दशकपछि पूर्व मन्त्री एवं बहालवाला सांसद मोहम्मद आफताव आलमको क्रूर अपराधको फाइल खोलेका थिए ।