लक्ष्मी पूजामा बिजुलीको माग १६ सय ५० मेगावाट, एक हजार मेगावाट भारत निर्यात


काठमाडौं । यो वर्षको लक्ष्मी पूजामा नेपालको आन्तरिक माग धानेर एक हजार मेगावाट बिजुली भारत निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणकाअनुसार लक्ष्मी पूजामा आउने अधिकतम माग धानेर एक हजार मेगावाट बिजुली भारतमा बिक्री भएको हो ।

लक्ष्मी पूजामा सबैभन्दा धेरै बिजुली खपत हुने मानिन्छ । लक्ष्मी पूजामा धनकी देवी लक्ष्मीलाई पूजा आरधाना गरेर रातभर बिजुली बत्ति बाल्ने प्रचलन छ । यसो गर्दा लक्ष्मी प्रशन्न हुने र धनलाभ हुने जनविश्वास छ । यहीकारण, देशभर यो दिन उज्यालो हुन्छ र अधिकतम बिजुलीको माग र खपत हुन्छ ।

प्राधिकरणका अनुसार यो वर्षको लक्ष्मी पूजामा १६ सय ५० मेगावाट बिजुली खपत भएको थियो । यो माग धानेर एक हजार मेगावाट बिजुली भारत बेचिएको हो ।