काठमाडौं – निवर्तमान ऊर्जामन्त्री दिपक खड्काले दसैंका लागि घरमा ल्याएर राखेको पैसा उडाएर आन्दोलनकारीले चरित्र हत्या गर्ने प्रयास गरेको स्पष्टिकरण दिएका छन् ।
गृहमन्त्री ओमप्रकाश अर्यालले खड्का देश छाडेर भागेको भनेपछि आफ्नै जलेको घरबाट सार्वजनिक हुँदै आन्दोलनकारीले दसैंका लागि घर ल्याएको २० रुपैयाँ र ५० रुपैयाँका नोटका बण्डल उडाएर चरित्र हत्याको प्रयास गरेको स्पष्टिकरण दिएका हुन्।
खड्काले आफ्नो घरमा राखेको पैसाबारे जानकारी प्रहरीमा दर्ज गराएकाले यसबारे छानबिनका लागि अनुरोध समेत गरे । ‘मैले दसैंका लागि भनेर घर ल्याएको पैसा आन्दोलनकारीले उडाए र चरित्र हत्या गर्न खोजे । उनीहरुको यो पूर्वयोजना थियो,’ उनले प्रश्न गर्दै भने, ‘तपाईलाई दिपक खड्कासँग २/४ लाख पैसा नहुन सक्छ भन्ने विश्वास लाग्छ ?’
उनले आफ्नो व्यवसायीक पृष्ठभूमिका कारण घरमा २र४ लाख रुपैयाँ रकम राख्नु ठूलो नभएको बताए । तर, खुद्रा पैसाका बण्डल उडाउँदै गरिएको चरित्रहत्या र यसमाथि छानबिन गर्नुपर्ने र दोषी देखिए आफूपनि कारबाही भोग्ने उनको भनाई छ ।



About Us
प्रतिक्रिया