सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १ लाख ३० हजार भन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १ लाख ३० हजार भन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं । 
सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडले १ लाख ३० हजार ४७९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर खरिदको पहिलो हक सोही कम्पनीमा हाल कायम रहेका संस्थापक शेयरधनीहरुलाई रहेको कम्पनीले जनाएको छ । 

शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ४०० तोकिएको छ । सो शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र लिखित प्रस्ताव आवेदन दिनुपर्नेछ ।

साथै, कम्पनीले उल्लेख गरेको समयभित्र खरिद गर्न कुनै संस्थापकहरुबाट प्रस्ताव प्राप्त नभएमा प्रचलित कानुन बमोजिम संस्थापक बाहेक अन्य व्यक्ति संस्थाहरुलाई समेत विक्री प्रक्रिया अगाडी बढाउने जनाएको छ ।