अपर तामाकोशी हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

अपर तामाकोशी हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं । 
अपर तामाकोशी हाइड्रोपावरकोशतप्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । नेपाल धितोपत्र बोर्डले गत असार २२ गते अपर तामाकोशीलाई चुक्तापुँजीको १ः१ को अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद निष्कासनको स्वीकृति दिएको थियो ।

कम्पनीले हकप्रद शेयर निष्काशन तथा प्रयोजनका लागि भोलि साउन २६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ आज साउन २५ गतेसम्म कायम शेयरधनीहरु मात्रै यस कम्पनीको हकप्रद भर्न सक्नेछन् ।

हाल अपर तामाकोशीको चुक्तापुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । अब यो कम्पनीले १०० अंकित दरका कुल १० करोड ५९ लाख कित्ता हकप्रद निष्कासन गर्नेछ । अपर तामाकोशीको हकप्रदको निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल छन् ।