ग्रामीण विकास र समाज लघुवित्तले कात्तिक २ गतेदेखि ग्रामीण विकास लघुवित्तको नामबाट एकीकृत कारोबार


काठमाडौं – ग्रामीण विकास लघुवित्त र समाज लघुवित्त एक आपसमा गाभिई ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड कायम हुने भएका छन् । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै दुवै संस्थाबाट सञ्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार एकीकृत रूपमा मिति २०८२ कात्तिक ०२ गते आइतबारका दिनदेखि सुरु हुने बताएको हो ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने मर्जर तथा प्राप्ति एक्विजिसन सम्बन्धी विनियमावली, २०७३ पाँचौं संशोधन, २०७९ को विनियम ११ को उप – विनियम ७ बमोजिम जानकारी दिएको हो ।