एनएमबि बैंकको १० हजार ७३२ कित्ता संस्थापक शेयर विक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं । 
एनएमबि बैंक लिमिटेडले १० हजार ७३२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकको संस्थापक शेयरको मुल्य प्रतिकित्ता १२८ रूपैयाँ रहेको छ ।

उक्त शेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित मिति साउन २२ ले ३५ दिनभित्र खरिद गर्न चाहेको शेयर परिणाम समेत खुलाई कम्पनी सचिवको कार्यालय बबरमहल, काठमाडौंमा खरिद आवेदन दिन सकिने बैंकले जनाएको छ ।

साथै, शेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने र म्यादभित्र विद्यमान संस्थापकहरुबाट आवेदन नपरेमा संस्थापकभन्दा बाहिरको ब्यक्तिमा बिक्री प्रकिया अघि बढाइने समेत सूचनामा उल्लेख गरिएको छ