काठमाडौं – भेपको बट्टाभित्र ९ किलो सुन तस्करी प्रकरणमा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको छ ।
बिहीबार महरासँग सो सुन तस्करी प्रकरणमा उनले तत्कालीन भन्सार प्रमुखसहितका कर्मचारीमाथि गरेको भनसुनबारे बयान लिइएको हो । अख्तियारले सार्वजनिक पद धारण गरेका व्यक्तिका भूमिकाको अनुसन्धान गरिरहेको र महराको पनि सोही सन्दर्भमा बयान लिइएको जनाएको छ ।
अनुसन्धान अधिकारीका अनुसार महरासँग सोधपुछपछि आवश्यक विवरणका आधारमा आगामी कानुनी प्रक्रिया अघि बढाइनेछ । यसअघि महरालाई सोही मुद्दामा पक्राउ गरी धरौटीमा रिहा गरिएको थियो ।
चिनियाँ नागरिक ली हानसोङ २०७९ पुस १० मा फ्लाई दुबईको उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउँदा भेपको ७३ बट्टामा ७ सय ३० थानमा करिब ९ केजी सुन लुकाएर ल्याएका थिए । साेही प्रकरणमा महरा र उनका छाेरा पनि जाेडिएका थिए।






About Us
प्रतिक्रिया