काठमाडौं – असोज २५ गते शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै आउँदो शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने जानकारी गराएको हो ।
राजस्व संकलनका लागि आरटीजीएस शनिबार बिदाका दिन पनि सुचारु रहने भएको केन्द्रीय बैंकले जनाएको छ। साे दिन आरटीजीएस प्रणाली बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म १२ घन्टा सुचारु रहने छ ।






About Us
प्रतिक्रिया