सिद्धार्थ बैंकद्वारा १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा


काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्ष ०८१/८२ का लागि आफ्ना शेयरधनीहरूलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। बैंकको सञ्चालक समितिको मंगलबार अपरान्ह ४ बजे बसेको ४६१औं बैठकले उक्त निर्णय गरेको हो।

बैठकले वितरणयोग्य मुनाफाबाट कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ, जसअन्तर्गत ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) रहनेछ।

हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँ छ। बैंकले बोनस शेयरका रूपमा ७० करोड ४४ लाख ९९ हजार १० र नगद लाभांशका रूपमा ७७ करोड ९१ लाख ७५ हजार ९०५ वितरण गर्नेछ।

यसरी कुल १ अर्ब ४८ करोड ३६ लाख ७४ हजार ९१५ बराबरको लाभांश वितरण हुनेछ। उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि बैंकको आगामी साधारण सभाबाट पारित गरिनेछ।