घोराही सिमेन्ट इण्डष्ट्रीको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं । 
घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितिको निर्णयले शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

हिमालयन क्यापिटललाई सञ्चालक समितिको निर्णय बमोजिम शेयर कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज राख्ने, नामसारी गर्ने र शेयरधनी लागत अद्यावधिक राख्ने लगायत कम्पनीको शेयर व्यवस्थापन सम्बन्धी सम्पूर्ण काम गर्ने जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ ।