नेपाल प्रहरीका दुई एआईजीको सरुवा


काठमाडौं -नेपाल प्रहरीका दुई जना अतिरिक्त महानिरीक्षक (एआईजी) को विभागीय जिम्मेवारी हेरफेर गरिएको छ। प्रहरी संगठनको अपराध अनुसन्धान विभागमा कार्यरत एआईजी राजन अधिकारीलाई सरुवा गरेर मानव श्रोत विकास विभागमा पठाइएको छ। 

त्यस्तै, कार्य विभागका प्रमुखको रूपमा कार्यरत एआईजी सिद्धी विक्रम शाहलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ। यसअघि, मानव श्रोत विकास विभागमा कार्यरत एआईजी दान बहादुर कार्कीलाई उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको थियो।

उनी भदौ २४ गते रानीपोखरीस्थित कार्यालयमा हाजिर भएका थिए। कार्कीको सरुवा सम्भावित जनआन्दोलनको आकलनपछि सुरक्षा तयारी सुदृढ बनाउने उद्देश्यले गरिएको थियो।