काठमाडौं – विश्वका धनाढ्यहरूको सूचीमा परिवर्तन भइरहन्छ । कहिले एलन मस्क, कहिले जेफ बेजोस, कहिले बर्नार्ड अर्नाल्ट । तर, यतिबेला एउटा नयाँ नाम शीर्ष स्थानमा चम्किरहेको छ, ल्यारी एलिसन । एक वर्षअघि मात्रै संसारका सबैभन्दा धनी १० व्यक्तिहरूमध्ये पाँचौँ स्थानमा रहेका एलिसन अहिले सबैलाई पछि पार्दै संसारकै सबैभन्दा धनी व्यक्तिमा ठहरिएका छन्। जुलाईसम्म आइपुग्दा उनको कुल सम्पत्ति करिब ३ खर्ब ९३ अर्ब डलर पुगेको छ, जुन एलन मस्कको ३ खर्ब ८५ अर्ब डलर भन्दा अगाडि हो ।
एलिसनको धनी बन्ने यात्रा अनौठो देखिन्छ । उनी ओराकल कम्पनीका सह–संस्थापक, कार्यकारी अध्यक्ष र प्रमुख प्रविधि अधिकारी हुन् । ओराकल विश्वकै चर्चित डेटाबेस सफ्टवेयर कम्पनी मात्र होइन, क्लाउड कम्प्युटिङदेखि आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को बजारमा बलियो उपस्थिति बनाइरहेको कम्पनी हो ।
एलिसन स्वयं अरेकलका सबैभन्दा ठूला व्यक्तिगत शेयरधनी हुन् । पछिल्ला वर्षहरूमा एआई प्रविधिको विस्तार र अरेकलको व्यवसायमा आएको यो कम्पनीको शेयर मूल्य ४० प्रतिशतभन्दा बढीले महँगियो । यही कारणले उनको सम्पत्ति एकाएक उच्चतम बिन्दुमा पुगेको हो ।
कहिल्यै टेस्ला, स्पेसएक्स र न्यूरालिंकका मालिक एलन मस्कलाई शीर्ष स्थानमा देख्दै आएका लगानीकर्ताले आज एलिसनलाई त्यही स्थानमा देखिरहेका छन्। अरेकलको उचाइले ल्यारी एलिसनलाई सम्पत्तिको शिखरमा पुर्याएको छ, जहाँ उनी अहिले मस्कलाई मात्र होइन, अघिल्ला दशकका अन्य धनीहरूलाई पनि पछि पारेर उभिएका छन् ।
उनले सन् १९७७ मा उक्त कम्पनीको स्थापना गरेका थिए । सन् २०१४ सम्म उनी त्यस कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पदमा थिए । उनी अझै पनि ओराकलको कार्यकारी अध्यक्ष र प्रमुख प्रविधि अधिकारीको पदमा छन् ।
को हुन् ल्यारी एलिसन ?
सन् १९४४ अगस्ट १७ मा जन्मिएका ल्यारी एलिसन एक अमेरिकी व्यवसायी र सफल उद्यमी हुन् । सफ्टवेयर कम्पनी ओरेकल कर्पाेरेशनको सह–संस्थापकका ल्यारी विश्व कै धनी व्यक्तिको रुपमा चर्चित छन् । हाल ८१ वर्ष उमेरका एलिसनले सन् १९७७ मा ओरेकल कम्पनीको स्थापना गरेका थिए । उनले ओराकल कम्पनीमा लामो समयसम्म प्रमुख कार्यकारी रुपमा काम गरे अहिले चाँही कम्पनीको अध्यक्ष र प्रमुख प्राविधिक अधिकृतको रुपमा रहेका छन् ।
ओराकल के हो ? यो कस्तो कम्पनी ?
सन् १९७७ मा क्यालिफोर्नियामा स्थापना भएको ओरेकल कम्पनी एक सूचना प्रविधि कम्पनी हो । यो कम्पनी विश्वको सबैभन्दा ठूलो सफ्टवेयर र हार्डवेयर कम्पनीहरू मध्ये एक हो । यसको ग्राहक नै प्राय ठूला व्यवसाय, वित्तीय संस्था, सरकारी निकाय, स्वास्थ्य संस्थाहरू छन् । संसारकै ठूलो–ठूलो डेटा ओराकलमा चलेकोले यसलाई प्राविधिक क्षेत्रमा ‘डेटा पावर हाउस’ पनि भन्ने गरिन्छ ।
यी हुन् अन्य विश्वका ५ धनाढ्य व्यक्तिहरू
ल्यारी पछि एलन मस्क, जेफ बेजोस, मार्क जुकरबर्ग, ल्यारी पेज र सर्गेइ ब्रिन गरी पाँच व्यक्ति विश्वका धनीको सूचीमा नम्बर ५ भित्र पर्ने सफल भएका छन् । सामान्य मानिसले अनुमान समेत लगाउन नसक्ने सम्पत्ति यी ६ अर्बपतिहरूले कमाएका छन् । विश्वको सबैभन्दा धेरै सम्पत्ति कमाउने यी अर्बपतिहरूको सम्पत्ति नै निम्नमस्तरका केही मुलुकको कुल अर्थतन्त्र बराबरको सम्पत्ती भएको अनुमान लगाउन सकिन्छ । जसमा एलन मस्कको कुल सम्पत्ती ३ खर्ब ८५ अब डलर छ । मस्क टेस्ला, स्पेसएक्स र सामाजिक सञ्जाल एक्स कम्पनीका मालिक हुन् ।
त्यस्तै, ४० वर्षिय जुकरबर्ग फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपजस्ता लोकप्रिय सामाजिक सञ्जालको माउ कम्पनी मेटाका संस्थापक तथा प्रमुख कार्यकारी हुन् । उनले सन् २००४ मा १९ वर्षको उमेरमै फेसबुकको स्थापना गरेका थिए । सन् २०२५ सेप्टेम्बर सम्ममा उनको कुल सम्पत्ति २ खर्ब ५७ अर्ब अमेरिकी डलर छ ।
त्यस्तै, जेफ बेजोस विश्वको सबैभन्दा धेरै सम्पत्ति हुने धनाढ्यको तेस्रो नम्बरमा आउँछन् । बेजोस अनलाइन व्यवसाय गर्ने कम्पनी अमेजनका संस्थापक र पूर्व सीईओ हुन् । उनले एयरोस्पेस कम्पनी ब्लू ओरिजिनको पनि स्थापना गरेका छन् । उनको हाल सम्पत्ती २ खर्ब ४१ खर्ब अमेरिकी डलर छ । सर्गेइ ब्रिन विश्वको सबैभन्दा धेरै सम्पत्ति हुने धनाढ्यको चौँथो स्थानमा आउँछन् । ब्रिनले ल्यारी पेजसँग मिलेर सन् १९९८ मा गुगलको स्थापना गरेका थिए । ब्रिनले कम्पनी स्थापनाको शुरुवाती चरणमा गुगलमा प्रविधि अध्यक्षको पद सम्हालेका थिए ।
आवाजबाट सञ्चालन हुने स्मार्ट ‘गुगल ग्लास’को विकासमा पनि उनले काम गरेका थिए । ब्रिन अल्फबेटको बोर्ड सदस्य र प्रमुख शेयरधनी पनि हुन् । सन् २०२५ सेप्टेम्बरसम्ममा उनको कुल सम्पत्ती २ खर्ब २ खर्ब अमेरिकी डलर छ । साथै, ल्यारी पेज संसारकै सबैभन्दा धेरै सम्पत्ति हुने धनाढ्यको पाचौँ नम्बरमा आउँछन् । ल्यारी गुगलका सह–संस्थापक र यसको मूल कम्पनी, अल्फाबेटका बोर्ड सदस्य र प्रमुख शेयरधनी समेत हुन् । ल्यारीको कुल सम्पत्ती १ खर्ब ८८ अर्ब अमेरिकी डलर छ ।



About Us
प्रतिक्रिया