काठमाडौं – सानिमा बैंक लिमिटेडलेआर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ।
बैंकले कात्तिक २ गते आम्रपाली बैङ्क्वेट, भाटभटेनी, काठमाडौँमा बिहान १० बजे शुरु हुने गरी २१ औँ वार्षिक साधारण सभा बोलाएको हो।
सभाले हाल कायम चुक्ता पूँजीको ७.३६८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै सभाले ८.२५ प्रतिशत सानिमा अबिमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ।
सो सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज २७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।



About Us
प्रतिक्रिया