नेको इन्स्योरेन्सले विराटनगरमा जग्गा खरिद गर्दै


बैंकिङ्ग समाचार, काठमाडौं। 
नेको इन्स्योरेन्सले राजधानीबाहिर कोशी प्रदेशको राजधानी विराटनगरमा प्रादेशिक कार्यालयका लागि भवन निर्माण गर्न जग्गा खरिद गर्ने भएको छ ।

विराटनगर उपमहानगरपालिकाको कञ्चनबारीदेखि महेन्द्रचोकसम्म हाईबेको पूर्व र पश्चिमसम्म ३ कठ्ठादेखि ६ कठ्ठा जग्गा खरिद गर्ने कम्पनीले जनाएको छ ।

साउन २५ गतेसम्ममा इच्छुक जग्गाधनीले कम्पनीको ज्ञानेश्वरस्थित प्रधान कार्यालयमा शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। कञ्चनबारीदेखि महेन्द्रचोक सम्म राजमार्गको पूर्व वा पश्चिम भित्रसम्मको जग्गा प्रस्ताव गर्नुपर्ने शर्त रहेको छ।