नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले बोलायो १६ औँ वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?


काठमाडौं – नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडले आफ्ना शेयरधनीलाई असोज २४ गते १६ औँ वार्षिक साधारण सभामा बोलाएको छ। कम्पनीको भदौ १२ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णयले सो सभा सेन्ट्रल प्लाजा, नारायण चौर नक्साल काठमाडौंमा बिहान ११ बजे बोलाएको छ । 

सो सभामा आर्थिक वर्ष २०८१/८२ को लागि चुक्ता पुँजी २५ प्रतिशतले हुने ८ करोड १० लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्न स्वीकृत गर्ने र १।३१५७ प्रतिशतले हुन आउने रकम ४२ लाख ६३ हजार रुपैयाँ (कर प्रयोजन) नगद लाभांश वितरण गर्न स्वीकृत गरिनेछ । 

यस्तै, सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहित वासलात ,नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अन्य विवरणहरू माथि छलफल गरी पारित गर्ने र गत आवमा गरिएको स्वतन्त्र सञ्चालकहरूको पुनर्नियुक्ति लगायत सञ्चालक समितिमा भएका परिवर्तनहरुलाई अनुमोदन गरिनेछ । साथै, उक्त सभा प्रयोजनका लागि कम्पनीले असोज १२ गते शेयरधनी दर्ता किताब (बुक क्लोज) गरिनेछ ।