काठमाडौं – सानिमा क्यापिटल लिमिटेडले शेयरधनीहरुलाई असोज ३० गते १० औँ वार्षिक साधारण सभामा बोलाएको छ । क्यापिटलको असोज ८ गते बसेको सञ्चालक समितिको निर्णयले सो सभा कम्पनीको शेयर रजिष्टर्ड कार्यालय, सममार्ग, नक्साल– काठमाडौंमा दिउँसोको ३ बजे बोलाएको हो ।
सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट १२ प्रतिशत (कर समेत) का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
आव २०८२/८२ का लागि लेखा परीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू सभामा पेस गरिनेछ।



About Us
प्रतिक्रिया