सानिमा बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – सानिमा बैंकले आजदेखि सर्वसाधारणका लागि संस्थापक शेयर बिक्री खुला गरेको छ । बैंकले संस्थापक शेयरधनीकाे नाममा रहेको ६ हजार ८ सय ७७ कित्ता शेयर प्रतिकित्ता न्यूनतम मूल्य १४० रुपैयाँका दरले बिक्रीमा राखेको हो ।

यसअघि बैंकले विद्यामान संस्थापक शेयरधनीको लागि बिक्री खुला गरेको सो शेयरमा उनीहरुबाट आवेदन नपरेकाले बैंकले सो शेयर अब सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । उक्त शेयर खरिद गर्ने इच्छुक सर्वसाधारणले यो सुचना प्रकाशित भएको मितिले १५ दिनभित्रमा आवेदन दिन सक्नेछन् ।

इच्छुक आवेदकले बैंकको केन्द्रिय कार्यालय नारायणचौर, नक्साल काठमाडौंमा सम्पर्क गरी आवश्यक कागजात सहित आफुले खरिद गर्ने शेयर संख्या खुलाई आवेदन दिन सक्नेछन् । साथै, शेयर खरिद गर्दा लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ ।