विजय लघुवित्तको सीईओमा वसन्तराज लम्साल नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं ।

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत सीईओ मा वसन्तराज लम्साल नियुक्त भएका छन् । 

साथै, संस्थाका बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत एवम् कम्पनी सचिवमा सरोज घिमिरे नियुक्त भएका छन् । कम्पनीको साउन १ गते बसेको सञ्चालक समितिको बैंठकले लम्साललाई सिईओ र घिमिरेलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

त्यस्तै, कम्पनीको नयाँ संचालक समितिको अध्यक्षमा लोक बहादुर खड्का र सदस्यहरुमा कपिल न्यौपाने, शारदा प्रसाद कट्टेल, खेमराज सापकोटा, नयाँ शर्मा पौडेल, उमेश घिमिरे र सृजना शर्मा चयन भएका छन् । कम्पनीको मर्जर पश्चात बनेको नयाँ सञ्चालक समितिका सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।