आज सार्वजनिक बिदामा पनि बैंकिङ्ग सेवा प्रवाह गर्न केन्द्रीय बैंकको निर्देशन


काठमाडौं – आज सार्वजनिक बिदाको दिन पनि बैंकिङ्ग सेवा प्रवाह गर्न केन्द्रीय बैंकले बैंकहरुलाई निर्देशन दिएको छ । सरकारले आज शुक्रबार (असोज ३ गते) संविधान दिवसका सार्वजनिक बिदा दिए पनि केन्द्रीय बैंकले बैंकिङ्ग सेवा प्रदान गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले राजस्व संकलन, ईसीसीलगायत अत्यावश्यक बैंकिङ्ग सेवा प्रवाह गर्न बैंकहरुलाई निर्देशन दिएको छ। जसकारण आज सार्वजनिक बिदाका भएपनि बैंकहरु खुल्ने भएका छन्।