सहारा विकास बैंकको हकप्रद शेयरका लागि भोलिदेखि लिलामी खुल्ने

सहारा विकास बैंकको हकप्रद शेयरका लागि भोलिदेखि लिलामी खुल्ने


बैकिङ्ग समाचार ।   
सहारा विकास बैंक लिमिटेडका हकप्रद शेयर शिलबन्दी टेन्डरबाट बिक्री गरिने भएको छ।

बैंक सञ्चालक समितिले संस्थापक समूहको ९,२१,१४८.७० कित्ता हकप्रद शेयरको गोप्य बोलकबोल मार्फत् बिक्री गर्नका लागि आवेदन खुलाएको छ।

बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल तोकिएको यो प्रक्रियामा भाग लिनका लागि साउन ३० देखि भदौ ८ गतेसम्म शिलबन्दी कबोल पेश गरिसक्नुपर्छ।

एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौं र पुतलीसडक लगनखेल ललितपुर, चिप्लेढुङ्गा पोखरा, ट्राफिकचोक बुटवल, आदर्श नगर बीरगंज र गोल्छाचोक विराटनगर, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडका नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर,दाङ, सुर्खेत, नेपालगन्ज र धनगढी शाखाबाट आवेदन दिन सकिने छ।

त्यस्तै सहारा विकास बैंकका मलगवा, बरथहवा, लालबन्दी, इश्वरपुर, गोडैता सर्लाही र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड, हरिशंकर रोड, बागलुङबाट पनि आवेदन दिन सकिने छ।