काठमाडौं – नेपाल प्रहरीको कर्मचारी प्रशासन शाखाबाट हालै पदोन्नति भई प्रहरी नायब निरीक्षक बनेका वसन्त बहादुर पाटालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
राष्ट्रिय प्रहरी प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक (डिआईजी) दिपेन्द्र जिसीले नवनियुक्त प्रहरी नायब निरीक्षक पाटालाई दर्ज्यानी चिन्ह प्रदान गर्दै सम्मानित गरे।
समारोहलाई सम्बोधन गर्दै डिआईजी जिसीले नवनियुक्त पाटालाई बधाई तथा शुभकामना दिँदै थपिएको जिम्मेवारी इमानदारी, अनुशासन, कर्तव्यनिष्ठता र पेसागत मर्यादाका साथ निर्वाह गर्न निर्देशन दिए। उनले सङ्गठन, राष्ट्र र जनताप्रति सच्चा भावना राख्दै सेवा दिनुपर्नेमा विशेष जोड दिए।



About Us
प्रतिक्रिया