अमेरिकी डलर, युरो र पाउण्डको भाउ बढ्यो

अमेरिकी डलर, युरो र पाउण्डको भाउ बढ्यो


बैंकिङ्ग समाचार, काठमाडौं । 

राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ १७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७७ पैसा कायम गरिएको छ।  आज युरो एकको खरिदमा आज १४७ रुपैयाँ १९ पैसा र बिक्रीमा १४७ रुपैयाँ ८६ पैसा तोकिएको छ।

त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७१ रूपैयाँ ९५ पैसा र बिक्रीदर १७२ रूपैयाँ ७४ पैसा तोकिएको छ। त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ९० रुपैयाँ १० पैसा र बिक्रीमा ९० रुपैयाँ ५१ पैसा पाइन्छ।  त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९९ रुपैयाँ ८९ पैसा र बिक्रीमा १०० रुपैयाँ ४३ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९८ पैसा र बिक्रीमा ३६ रुपैयाँ १५ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३५ रुपैयाँ १२ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रुपैयाँ ९८ पैसा र बिक्रीमा २९ रुपैयाँ ११ पैसा पाइन्छ। आइतबार कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ३५ पैसा र बिक्रीमा ४३० रुपैयाँ ३१ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ५८ पैसा तोकिएको छ।