जनकपुरधामबाट प्रहरीको हतियार लुट्ने दुई जना पक्राउ 


काठमाडौं – जेनजी आन्दोलनका क्रममा जनकपुरधामबाट प्रहरीको हतियार लुट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–९ बस्ने ३७ वर्षीय मनिषकुमार अधिकारी र सोही ठाउँका २१ वर्षीय सन्तोषकुमार यादव रहेका छन् । 

उनीहरूको साथबाट आन्दोलनका क्रममा प्रहरीको साथबाट लुटिएको एलएलआर राइफल फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरूले भदौ २४ गते बेलुका अन्दाजी ७ बजेतिर मधेस प्रदेश लोक सेवा आयोगको कार्यालयमा आन्दोलनकारी प्रवेश गरी तोडफोड र आगजनी गर्दै प्रहरीको एसएलआर राइफल एक थान र सोको ५० राउन्ड गोली लुटपाट गरी लगेका थिए ।