सानिमा र हिमालयन बैंकले दिए दुर्घटना बीमावापतको २० लाख दाबी भुक्तानी

सानिमा र हिमालयन बैंकले दिए दुर्घटना बीमावापतको २० लाख दाबी भुक्तानी


बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा बैंक र हिमालयन बैंकले आफ्नो बचतकर्ताको आश्रित परिवारजनलाई बीमा दाबीवापतको १०(१० लाख रुपैयाँ भुक्तानी दिएका छन् ।

हिमालयन बैंकले दुर्घटना मृत्यु बिमा सुविधा अन्तर्गत दश लाख रुपैयाँको दुर्घटना मृत्यु बिमा दाबी रकम भुक्तानी गरेको छ । बैंकले खातावाला ईश्वर गुरागाइँको श्रीमति विमला गुरागाईंलाई बैंकको बनेपा शाखा मार्फत् बीमा दाबी रकम भुक्तानी गरेको हो ।

यसैगरी  सानिमा बैंकले ‘सानिमा दीर्घायू तलब बचत खाता’ अन्तर्गत खातावाला भूमिका आलेको  हकवाला क्षितिज आलेलाई १० लाख रुपैयाँ भुक्तानी गरेको छ।

भूमीका आलेको दुर्घटनामा परी मुत्यु भएको थियो । 

सानिमा बैंकको कुमारीपाटी शाखा प्रबन्धक रोमिला कोइरालाले बिमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको संयोजनमा बिमा रकमको चेक हस्तान्तरण गरेकी हुन्।