काठमाडौं – नेपाल प्रहरीले भदौ २३ र २४ गते काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना तस्बिर, भिडियो वा सामाजिक सञ्जालमा भएका सामग्रीहरू उपलब्ध गराउन नागरिकसँग सहयोग मागेको छ।
प्रहरीका अनुसार आन्दोलनका क्रममा आगजनी, लुटपाट, तोडफोड तथा आम सर्वसाधारणमा त्रास सिर्जना हुने किसिमका गतिविधिहरू भएका थिए। यी घटनासम्बन्धी तस्बिर, भिडियो वा सामाजिक सञ्जालमा भएका सामग्रीहरू उपलब्ध गराउन नेपाल प्रहरीले आग्रह गरेको हो।
यसका लागि सम्बन्धित प्रमाणहरू [email protected] मा पठाउन सकिने जनाएको छ। प्रहरीका अनुसार प्राप्त जानकारी तथा सामग्रीहरू अनुसन्धानमा सहयोगी हुनेछन् र जानकारी दिने व्यक्तिको गोपनीयता पूर्ण रूपमा सुरक्षित गरिनेछ।
प्रहरीले यस्ता घटनामा प्रत्यक्षदर्शी वा प्रमाण उपलब्ध गराउन सक्ने सबैलाई सहयोग गर्न आग्रह गर्दै शान्ति सुरक्षामा नागरिक सहकार्य अनिवार्य भएको उल्लेख गरेको छ।





About Us
प्रतिक्रिया