काठमाडौं – मेडिकल व्यवसायी तथा सामाजिक अभियान्ता दुर्गा प्रसाईँले जनयुद्ध दाेहाेरिएकाे बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत् मुलुकले ठुलाे क्षति बेहाेरेकाे बताएका हुन् ।
उनले लेखेका छन्,’जनयुद्धको नाममा १७,५०० नेपालीको ज्यान लिइयो, खरबौंको सम्पत्ति बम–बारुदले ध्वस्त पारियो र ५० हजारभन्दा बढी नागरिक घाइते पारिँदा मुलुकलाई ५० वर्ष पछि धकेलियो। आज फेरि त्यही इतिहास दोहोरिएको छ । यसपटक जेन-जी आन्दोलनलाई दमन गर्न राज्यले बर्बर शक्ति प्रयोग गर्दै सयौँ निर्दोष बालबालिकाको ज्यान लिएको छ, हजारौँलाई घाइते र अंगभंग बनाएको छ, र ५० खर्बभन्दा बढी मूल्य बराबरको राज्य सम्पत्ति ध्वस्त हुन पुगेको छ। मुलुक पुनः आधा शताब्दी पछि धकेलिएको छ।’







About Us
प्रतिक्रिया