काठमाडौं – एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रतिनिधि सञ्चालकमा विकास खरेल र सुमन थपलिया नियुक्त भएका छन् । संस्थाको भदौ १३ गते बसेको सञ्चालक समितिको २४९ औं बैठकले सो पदमा खरेल र थपलियालाई बाँकी रहेको कार्यकाल लागि नियुक्त गरेको हो ।
यसअघि संस्थाको सञ्चालक समितिको संस्थापक समुहमा संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालकहरु लक्ष्मण चालिसे र दिपक ढकालको स्थानमा उक्त बैंकको सञ्चालक समितिको ७३०औं बैठकको निर्णयानुसार बैंकका कर्मचारीहरु खरेल र थपलिया नियुक्त भएका हु्न ।
साथै, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ मा उल्लेख भएको व्यवस्था बमोजिम उक्त बहाल पदको लागि खरेल र थपलियाले शपथ ग्रहण समेत गरेका छन् ।



About Us
प्रतिक्रिया