काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘रियल इस्टेट’ कम्पनीहरुलाई कर्जा पुर्नसंरचनाको सुविधा दिएको छ । राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै घरजग्गा, हाउजिङ र प्लटिङ कम्पनीहरुलाई कर्जा पुर्नसंरचनाको सुविधा प्रदान गरेको हो ।
केन्द्रीय बैंकले जारी गरेको नयाँ व्यवस्थाअनुसार अब नेपाल सरकारबाट अनुमति लिएस सञ्चालित रियल इस्टेट कम्पनीहरुले ब्याजको १० प्रतिशत बुझाएमा कर्जा पुर्नसंरचना तथा पुनर्तालिकिकरण गर्न पाउनेछन् । र, यो सुविधाअनुसार कम्पनीहरुले यही वर्षको असोज मसान्तसम्म कर्जा पुर्नतालिकिकरण वा पुर्नसंरचना गरिसक्नुपर्नेछ ।
तर, यसरी पुर्नतालिकिकरण गरिएको कर्जा २०८१ को चैत महिनामा राखिएको वर्गमा नै राख्नुपर्ने छ ।



About Us
प्रतिक्रिया