काठमाडौं – समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले विद्यमान संस्थापक शेयरधनीको नाममा रहेको ४० हजार ३ सय २७ कित्ता शेयर बिक्रीमा राखेको हो ।
संस्थाले विद्यमान संस्थापक शेयरधनीलाई पहिलो प्राथामिकतामा राखेर सो शेयर बिक्रीमा राखेको हो । उक्त शेयर खरिद गर्न इच्छुक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन् ।
इच्छुकले संस्थाको केन्द्रिय कार्यालय बनेपा –७ काभ्रेपलान्चोकमा आफुले खरिद गर्ने शेयर कित्ता खुलाई आवेदन दिन सक्नेछन्। संस्थाले तोकेको समयवधि भित्रमा विद्यमान संस्थापक शेयरधनीबाट आवेदन नआएमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।



About Us
प्रतिक्रिया