हरेक वर्षझैँ यसपछि पनि दसैँ नजिकिएसँगै अटो व्यवसायीहरूको व्यावसायिक उत्सव ‘नाडा अटो शो’ सुरु भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)हरेक वर्षको दशैं अघि भृकुटीमण्डपमा आयोजना हुँदै आएको ‘नाडा अटो शो २०२५’ १७औँ संस्करण हो। आजबाट सुरु भएको अटो शो ६ दिनसम्म अर्थात् भदौ ८ गतेसम्म चल्ने छ।
पछिल्लो समय नाडा अटो शो अटोप्रेमीहरूकाे विशेष राेजाइ बन्दै गएकाे छ। अटो शोमा पाइने विभिन्न अफर, विशेष छुट र भ्यालु प्याकेज, नयाँ प्रविधिका सवारीहरूलाई लिएर अटोप्रेमीहरू विशेष उत्साहित हुनेछ गर्छन्। नाडा अटो शो भन्ने बित्तिकै यस वर्ष नयाँ के छ ? भन्ने जिज्ञासा सिर्जना हुन्छ । नाडा अटो शो २०२५ सँग जोडिएका विभिन्न पक्षसँग सम्बन्धित रहेर नाडाका अध्यक्ष करण चौधरीसँग बैंकिङ्ग समाचार गरेको कुराकानीको सम्पादित अंश:
आजदेखि नाडा अटो शो सुरु हुँदैछ । दसैँको पूर्व सन्ध्यामा सुरु भएको अटो शोमा यस पटक नयाँ के देख्न पाइन्छ ?विगतका वर्षहरूमा झैँ यसवर्ष पनि दसैँ तिहार नजिकिएसँगै हामीले अटो सो सुरु गरेका छौँ। आजबाट सुरु भएको यस वर्षको अटो सो विगतका वर्षमा झैँ भव्य र विशेष हुनेछ । यस वर्ष पनि हामी विशेष तयारीका साथ आएका छौँ।
यस पटक हामीले केही फरक तरिकाले सोचेका छौँ। हामीले विगतदेखिको मूल उद्देश्य व्यावसायिक थलोलाई निरन्तरता दिँदै यस वर्ष प्रदर्शनी पनि थपेका छौँ। यस वर्ष प्रदर्शनीमा मुख्य आकर्षक भनेको रोबट, फ्लाइङ कार, भिन्टेज कार छ । यसका साथै हामीले पुराना गाडीहरू हेर्न रुचाउनेहरूका अवलोकनकर्ताहरूलाई पनि लक्षित गरेका छाैँ । त्यहाँबाट अवलोकनकर्ताहरूले अतीतमा फर्कँदै नाडाको इतिहास पनि बुझ्न सक्नुहुनेछ।
विगतका नाडा अटो शाेभन्दा यस पटक के फरकपन देखिन्छ ?
यस वर्षको मुख्य आकर्षक नेपालको उड्ने ट्याक्सी कारका साथै् ह्युमनोइड रोबोट, भिन्टेज कार रहेको छ । तर, यी सबै प्रदर्शनीका लागि हुन् । हाम्रो एउटै आकर्षक भनेको व्यवसाय गर्नु हो। नाडाले थलो दिने हो भने प्रदर्शनकर्ताहरूले विभिन्न छुट दिने हो । प्रदर्शनकर्ताहरू लाखौँको छुट दिन तयार छन्।
शोमा कतिको उपस्थित रहने अपेक्षा गर्नुभएको छ ?
शोको पहिलो दिन उत्साहपूर्ण उपस्थिति रहेको छ । आजको उपस्थितिलाई मात्र हेर्ने हो भने पनि १ लाखभन्दा बढी सहभागी हुने अपेक्षा छ । हामीलाई हरेक वर्ष झैँ यस वर्ष पनि धेरै माया देखाइरहनुभएको छ।
शोमा कसरी सहभागी हुने ? टिकटसम्बन्धी व्यवस्था के छ ?
आजबाट ६ दिनसम्म चल्ने शोमा पहिलो दिनबाटै अवलोकनकर्ताहरू प्रवेश गर्न सक्नुहुनेछ। हामीले २ प्रकारका टिकटको व्यवस्था गरेका छौँ । जसमा एउटा साधारण रहेको छ भने अर्को विद्यार्थीहरूलाई लक्षित गरेका छौँ। साधारण टिकटको शुल्क २ सय रुपैयाँ रहेको छ भने विद्यार्थीको १५० रुपैयाँ रहेको छ।
शोमा कस्ता उत्पादनहरु पाइन्छ ?
नाडा समग्र अटो व्यवसायीहरूलाई समेटेको संस्था हो। यहाँ १ रुपैयाँको नटदेखि करोडौँको गाडीसम्म पाइन्छ । यो हाम्रो विशेषता हो । यहाँ अटो क्षेत्रसँग सम्बन्धित सबै उत्पादनहरू पाइन्छ।
केही समय अगाडि सकिएको नाइमा मोबालिटी एक्स्पाे र नाडा अटोमा के फरक छ ?
नाडा अटो शोसँग अरू शोहरुको तुलना गरेर हेर्न सकिँदैन। यसको आफ्नै फरक विशेषता छ। नाडा अटो शोको परिकल्पना कसैले पनि गर्न सक्दैनन्।
अटो क्षेत्रको विकासका लागि सरकारले के गर्नुपर्छ ?
सरकारले यस वर्षको बजेट मार्फत् राम्रो काम गरेर देखाएको छ । यसको कार्यान्वयन र निरन्ता हुने आशा छ । यस्तनै, मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षाले पनि अटो व्यवसायी लक्षित नीति लिने आशा छ । अटो क्षेत्रलाई उत्पादक क्षेत्र बनाउनुपर्छ ।
व्यवसायी नाइमा र नाडामा बाँडिएका छन् नि ?
नाडाबाट कोही पनि व्यसायीहरु बाहिरिनु भएको छैन। नाडाबाट व्यवसायीहरू बाहिरिनेभन्दा पनि थपिने क्रम जारी छ। हामीले यस वर्ष अटोक्षेत्रसँग सम्बन्धित सम्पूरर्ण क्षेत्रसँग सहकार्य गरेका छौँ।
शोमा बैंक र बीमा कम्पनी छन् कि छैनन् ?
हामीले यस वर्ष अटो क्षेत्रसँग सम्बन्धित सम्पूर्ण क्षेत्रसँग सहकार्य गरेका छौँ। जसमा बैंक तथा वित्तीयका साथै अन्य संस्थाहरू पनि आबद्ध हुनुहुन्छ। शोमा एउटा पूर्ण प्याकेज छ।
शोमा कतिवटा स्टकल छन् ? के–के हेर्न पाइन्छन् ?
यस वर्षकाे शाेमा १ सयभन्दा बढी स्टल रहेका छन्। १९ वटा चारपांग्रे ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी ब्रान्ड, ४ वटा दुईपांग्रे सवारी ब्रान्ड, तथा ३५ अन्य कम्पनी (टायर, ल्युब्रिकेन्ट, उपकरण, वित्तीय संस्था) आदि रहेका छन्।






About Us
प्रतिक्रिया