काठमाडौं – ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको गत असार २८ गते १० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको साउन ५ गते बसेको सञ्चालक समितिको २६० औँ बैंठकको निर्णयअनुसार उक्त सभा बिहान ११ बजे बुटवल उपमहानगरपालिका ९, मिलन चोक, रुपन्देहीस्थित होटेल पाल्म इन्टरनेशनलको सभा हलमा भरतराज कोइरालाको अध्यक्षतामा सम्पन्न भएको हो ।
उक्त सभाबाट ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिने (मर्जर) सम्बन्धी प्रस्ताव र संयुक्त मर्जर समितिको सिफारिस अनुसार सञ्चालक समितिबाट प्रस्तावित नेपाल राष्ट्र बैंकमा पेश गर्ने अन्तिम सम्झौता पत्र सर्वसम्मतिले पारित गरेको छ ।
साथै, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८१ /८२ का लागि बाह्य लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय गरेको छ।



About Us
प्रतिक्रिया