साताको सुन कारोबार, प्रतितोला ५ सय रुपैयाँले घट्यो मूल्य


काठमाडौं – यो साताको पहिलो कारोबारको दिन आइतबार सुनको मूल्य मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले घट्यो । मूल्य घटेसँगै आइतबार प्रतितोला सुन १ लाख ९३ हजार ६ सय रूपैयाँमा कारोबार भयो । आइतबार घटेको सुनको मूल्य सोमबार स्थिर रह्यो ।

सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार प्रतितोला ६ सय रूपैयाँ घट्यो । मंगलबार प्रतितोला सुन १ लाख ९३ हजार रूपैयाँमा कारोबार भयो । बुधबार प्रतितोला १ हजार ४ सय रूपैयाँले बढ्दै प्रतितोला सुन १ लाख ९४ हजार ४ सय रूपैयाँमा कारोबार भयो ।

बिहीबार प्रतितोला ८ सय रूपैयाँले घट्दै प्रतितोला सुनकाे मूल्य १ लाख ९३ हजार ६ सय रूपैयाँ तोकियो । यस्तै, साताको अन्तिम दिन शुक्रबार प्रतितोला सुन ५ सयले घट्यो ।

यो साता सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँमा ओर्लियो । समग्रमा यो साता सुनको मूल्यमा प्रतितोला ५ सय रुपैयाँको गिरावट देखियो ।