काठमाडौं – बैंकिङ्ग क्षेत्र सुधार सुझाव कार्यदलले नेपाल राष्ट्र बैंकलाई प्रतिवेदन पेश गरेको छ । राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई सुझाव कार्यदलले प्रतिवेदन पेश गरेको हो ।
बैंकिङ्ग क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्ने उद्देश्यले डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवनकुमार दाहाल सदस्य एवम् राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल सदस्य सचिव रहने गरी यस बैंकबाट गठित बैंकिङ्ग क्षेत्र सुधार सुझाव कार्यदलले गभर्नर पौडेलसमक्ष अन्तिम प्रतिवेदन बुझाएको छ ।
कार्यदलले असार २४ गते नै प्रारम्भिक प्रतिवेदन बुझाइसकेको थियो ।





About Us
प्रतिक्रिया