हायर पर्चेज कर्जा दिने कम्पनीमा राष्ट्र बैंकको नजर, व्यवस्था संशोधन गर्ने 


काठमाडौं – नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीहरूका लागी जारी गरेको एकीकृत निर्देशन संशोधन गर्ने भएको छ ।  केन्द्रीय बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागी मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो बताएको हो । 

राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले पहिलोपटक मौद्रिक नीति सार्वजनिक गरेका हुन् । अबदेखि हायर पर्चेज कर्जा दिने कम्पनीहरूको कर्जाको ब्याजदर गणना गर्ने भएको हो ।