छ्याङ्दी हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने समय थप


काठमाडौं – छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयरमा आवेदन दिने समय अवधि थप गरेको छ । कम्पनीले जेठ २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा असार २७ गतेसम्मका लागि आवेदन दिन सकिने भएको हो ।

कम्पनीले यसअधि असार १२ गतेसम्म हकप्रद शेयरमा आवेदन खुला गरेको थियो । तर, उक्त समयवधिमा मागअनुसार आवेदन नपरेकाले यस कम्पनीले हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरेको हो । 

कम्पनीले हाल कायम चुक्तापूँजी ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका ३८ लाख ६७ हजार ७७५ कित्ता हकप्रद सेयर जारी गरेको छ । कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।