प्रतितोला ३ सय रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – आज नेपाली बजारमा सुन चाँदीको भाउमा सामान्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ।

योसँगै प्रतितोला छापावाल सुन १ लाख ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो छापावाल सुन तोलाको १ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको छ।

आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेको छ । यससँगै चाँदी २ हजार १७५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको २ हजार १४० रुपैयाँमा किनबेच भएको थियो।