एमपिए तेस्रो सेमेस्टरको परीक्षामा एक जना नक्कली परीक्षार्थी पक्राउ


काठमाडौं – एमपिए तेस्रो सेमेस्टरको परीक्षामा सहभागी भएका एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्लाकाे चन्द्रनाथ–८ घर भई काठमाडौं ४ धुम्बराही बस्ने २६ वर्षीय केशव रोकाया रहेका छन् । 

उनले काठमाडौं महानगरपालिका–१४ स्थित जन प्रशासन क्याम्पसमा एमपिए तेस्रो सेमेस्टरको परीक्षामा केशव रोकाया साट्टो सहभागी भएका थिए । उनलाई प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरको टोली क्याम्पसबाट पक्राउ गरेको हो । 

उनलाई पक्राउ गरी शिक्षा सम्बन्धी ऐन कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद थप गरी यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।