विन नेपाल लघुवित्तको कामु सीइओमा खतिवडा नियुक्त


काठमाडौं – विन नेपाल लघुवित्त वित्तीय संस्थाको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा दिपेन्द्र खतिवडा नियुक्त भएका छन् ।

संस्थाको असार ९ गते बसेको सञ्चालक समितिको ४७ औं बैठकले अर्को व्यवस्था नभएसम्मका लागि सीईओमा खतिवडालाई जिम्मेवारी दिएको हो ।