काठमाडौं – नेपाली सीप, क्षमता र प्रविधिलाई विश्व बजारमा जोड्ने प्लेटफर्म ‘आउटसोर्सिङ डट टेक’ सार्वजनिक भएको छ । नेपालको अग्रणी प्रविधि कम्पनी क्लब बी टेकले आउटसोर्सिङ डट टेक प्लेटफर्म विकास गरेको हो । आउटसोर्सिङ डट टेक बीटुबी (बिजनेस टु बिजनेस) मार्केटप्लेस हो । आउटसोर्सिङ डट टेकमार्फत नेपाली प्रविधि व्यवसायहरूले आफ्नो सेवा, सफ्टवेयर र दक्ष जनशक्तिलाई ग्लोबलस्तरमा बिक्री गर्न सक्नेछन् ।
आउटसोर्सिङ डट टेक नेपाली उत्पादन र ट्यालेन्टलाई विश्वव्यापी पहुँच दिने संस्थापक युवराज आचार्यले जानकारी दिए । ‘नेपालमा धेरै सफ्टवेयर कम्पनीहरू छन्, जसले उत्कृष्ट उत्पादन बनाएका छन् । तर, ती उत्पादनहरूलाई विश्व बजारमा पुर्याउने यथोचित माध्यम र पहुँचको अभाव छ,’ उनले भने, ‘अब त्यो समस्यालाई पनि आउटसोर्सिङ डट टेक हल गर्नेछ भने फ्रिल्यान्सरलाई पनि नयाँ प्लेटफर्म भएको छ ।’
आउटसोर्सिङ डट टेकबाट मुख्यगरी सफ्टवेयर, आईटी सेवा बिक्री तथा टेक ट्यालेन्ट हायर गर्न सकिने छ । सफ्टवेयर मार्केटप्लेस अन्तर्गत पीओएस, एचआरएम, राइड शेयरिङ, सीआरएम र ई-लर्निङ जस्ता सिस्टम खरिद बिक्री गर्न सकिने छ । टेक सेवा अन्तर्गत प्रविधि सेवाका लागि विदेशी कम्पनीहरूले राखेको प्रस्ताव (Request for Proposal) आधारमा र नेपाली कम्पनीहरूले प्रत्यक्ष प्रस्ताव पठाएर प्रतिस्पर्धा गर्न सक्नेछन् । त्यसैगरी ट्यालेन्ट सेवा अन्तर्गत जुनसुकै देशका कम्पनीहरूले नेपालबाट एआई डेभलपर, ब्लकचेन एक्सपर्ट, क्युए इन्जिनियर, फ्लटर डेभलपर जस्ता प्राविधिक जनशक्ति हायर गर्न सक्ने छन् ।
अहिले आउटसोर्सिङ डट टेकमा ५० बढी भेन्डर सूचीकृत छन् । ४० भन्दा बढी सफ्टवेयर उत्पादनहरू मार्केटप्लेसमा राखिएको छ । यस्तै एआई, ब्लकचेन, वेब ३.०, मोबाइल एप विकास सेवा सूचीकृत भएका छन् । आफ्नो सेवालाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने योजना अनुसार आउटसोर्सिङ डट टेकले ‘एजेन्सी पार्टनर प्रोग्राम’ समेत सुरू गरेको छ । एजेन्सी पार्टनर भनेको आउटसोर्सिङ डट टेकलाई आफ्नो देश/क्षेत्रबाट ग्राहकहरू ल्याउन सहयोग गर्ने प्रतिनिधि हो । उनीहरूले आफ्नो देशका कम्पनीहरूसँग प्रस्ताव समन्वय गर्नेछन् ।
हालसम्म अमेरिका, क्यानडा, जर्मनी, बेलायत, युएई, जापान, अष्ट्रेलिया लगायत १० भन्दा बढी देशमा एजेन्टहरू भइसकेका छन्। यदि तपाईं पनि अन्तर्राष्ट्रिय नेटवर्क भएको व्यक्ति वा संस्था हुनुहुन्छ भने एजेन्सी पार्टनर बन्न सक्नुहुन्छ । यदि तपाई आईटी कम्पनी, सफ्टवेयर प्रदायक, सेवा विक्रेता, वा योग्य ट्यालेन्ट हुनुहुन्छ भने आफ्नो कम्पनी र सेवा प्लेटफर्ममा सूचीकृत गर्न सक्नु हुनेछ । यसका लागि कुनै शुल्क लाग्दैन । यदि तपाई व्यवसायमा हुनुहुन्छ र सफ्टवेयर वा सेवा खोज्दै हुनुहुन्छ भने आउटसोर्सिङ डट टेकमा गएर प्रस्ताव राख्न सक्नुहुनेछ। यस प्लेटफर्मबाटै भुक्तानी, कार्य सम्पादन ट्र्याकिङ, र परिणाम मूल्याङ्कनको सबै जानकारी पाइने छ ।






About Us
प्रतिक्रिया