काठमाडौं – पतञ्जलि योग पीठ भ्रष्टाचार मुद्दामा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको बयान सुरु भएको छ। नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपालको बयान विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बयान सुरु भएको हो।
विशेष अदालतको दैनिक पेसी सूचीमा इजलास नम्बर २ मा नेपालको मुद्दा पहिलो नम्बरमै राखिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्री नेपालविरुद्ध पतञ्जलि जग्गा प्रकरणमा जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।



About Us
प्रतिक्रिया