देशमा साढे ११ प्रतिशत जनसंख्या बेरोजगार छः शरदसिंह भण्डारी


काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले देशको ११.६ प्रतिशत व्यक्तिहरू बेरोजगार रहेको बताएका छन्। मंगलबारको प्रतिनिधिसभाको बैठकमा उनले सो बताएका हुन् ।

मन्त्री भण्डारीले भने,’जनसंख्याको ठूलो हिस्सा बेरोजगारीको अवस्थामा रहेको हालको परिप्रेक्ष्यमा तदुनुरुपको रोजगारी मुलुकभित्रै सिर्जना गर्न थप चुनौती र चिन्ताको विषय बनेको छ’।

नेपालभित्रै रोजगारीको उपयुक्त अवसर नहुनु र भएका केही रोजगारीमा समेत सीप र ज्ञानको अभावमा विदेशी नागरिकहरु संलग्न रहेको मन्त्री भण्डारीले बताए ।

वैदेशिक रोजगारीमा युवाको आकर्षणलाई मुलुकभित्रैको रोजगारीमा संलग्न गराउनु मुख्य चुनौती रहेको उनले बताए ।