स्रोत नखुलेको ३ लाख ४६ हजार हुन्डी रकमसहित एक जना पक्राउ 


काठमाडौं – स्रोत नखुलेको ३ लाख ४६ हजार हुन्डी रकमसहित एक जनालाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएकाे प्रहरी टाेलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहारको मोतीहारीका ५० वर्षीय प्रभु शाह रहेका छन् ।

उनलाई नेपालबाट भारततर्फ आवाज जावत गर्ने सवारी साधन र पैदल यात्रीलाई चेकजाँच क्रममा वीरगन्ज तर्फ आउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

शाहलाई प्रहरीले रोकेर खन्तालासी गर्दा ब्यागमा लुकाएर राखेको नेपाली रुपैयाँ १००० दरका ३४४ थान र १०० दरका २० थान गरी तीन लाख ४६ हजार रुपैयाँ फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरीले शाहबाट फेला परेको उक्त रकम बरामद गरी नियन्त्रणमा लिएकाे । उनीविरुद्ध मुलुकी अपराध संहिता,२०७४ को दफा १२५ को (क) बमोजिम कसुरमा सम्मानित  जिल्ला अदालतबाट ३ दिन म्याद लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।