काठमाडौं – नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आजदेखि विद्यमान संस्थापक शेयरधनीका लागि संस्थापक शेयर बिक्रीमा खुला गरेको छ । यस संस्थाले संस्थापक समूहको ३७ हजार ८०३ कित्ता शेयर बिक्रीमा राखेको हो।
उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन्।आवेदनका लागि संस्थाको केन्द्रीय कार्यालय बनेपा–८ काभ्रेपलान्चोकमा लिखित जानकारी गराउन सक्नेछन्।
उक्त शेयरमा ताेकेकाे म्यादभित्रमा विद्यमान संस्थापक शेयरधनीबाट कुनै लिखित जानकारी प्राप्त नभएमा उक्त शेयर अन्यमा बिक्रीको पक्रिया अगाडी बढाइने यस संस्थाले जानकारी दिएको छ।



About Us
प्रतिक्रिया