काठमाडौं – जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न किसिमका सुन हिराका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना भारतीय र एक जना नेपाली नागरिक रहेको खुल्न आएको छ । पक्राउ परेका भारतीय भारतको पन्जाब बस्ने ४९ वर्षीय कुल दीप सिंह हुन्, भने अर्का व्यक्ति रुपन्देहीमा बस्ने ४७ वर्षीय राम बहादुर विक हुन् । उनीहरूको साथबाट प्रहरीले १ करोड ३० लाख ४९ हजार रुपैयाँ बराबरको सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्याम बाबु ओलियाले बताएका छन् ।
उनीहरूलाई अवैध रूपमा सुन ल्याएर बिक्री वितरण गर्ने लागेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको उनले बताए । जिल्ला प्रहरी कार्यालयबाट खटाएको प्रहरीको टोलीले उनीहरूलाई पोखरा महानगरपालिका २२ पुम्दीभुम्दी स्थित सडकबाट बुटवल जाँदै गरेको माएक्रोबसबाट पक्राउ गरेको थियो । उनीहरूले सिक्री, झुम्का, औँठी, जुली, मंगलसुत्र, लकेट, जस्ता ९ प्रकारका गरगहना बनाएर बिक्री गर्ने गरेको पाइएको उनले बताए ।
उनीहरूको साथबाट प्रहरीले सुनको ढिक्का सानो ठुलो २ तोला २३ लाल, सिक्री २९ थान ( १० तोला ३१लाल), दाना वाला माला १ थान ( २ तोला ९४ लाल ),पत्थर जडित र हिरा जडित औँठी ५७ थान (१० तोला ५४ लाल), कानमा लगाउने जुली ३२४ थान (१६२ जोर– २७ तोला ६३ लाल), मंगलसुत्र १७ थान (५तोला), लकेट ९९थान ( १३ तोला १२ लाल), कालो र सेतो माला पाेतसहितको १९ थान ( ९तोला ३९ लाल), झुम्काका ससाना टुक्रा १ तोला गहना बरामद गरेको छ ।
उनीहरूको साथमा रहेको गहनाको कुल तौल ८२ तोला १६ लाल हुन् आउने उनी बताउँछन् । उनका अनुसार कुल सुनको मूल्य १करोड ३०लाख ४१ हजार पर्ने छ । अनुसन्धानको क्रममा कुल दीप तीन वर्ष अगि देखि नै वि.क सँग फेसबुकमा साथी भएको खुल्न आएको छ । उनीहरू दुवै जना सुनका गहना सम्बन्धी काम गर्ने गरेको खुल्न खुल्न आएको छ । कुलदिप पछिल्लो समयमा भारतको जुपि, गोरखपुर, बिहार, उडिसा दिल्ली, हरियालगायतको स्थानमा सुनको गरगहना बेच्दै हिँड्ने गरेको पाइएको छ । उनले त्यसै बिच नेपालमा पनि सुनका गरगहना बेच्ने योजना बनाएको प्रहरीले जनाएको छ ।
कुलदिपले नेपालमा बेच्न भनी ल्याएको गहना अमृत सरमा रहेको साहुको सुन पसलबाट लिने गरेको पाइएको छ । कुलदिपले विकलाई लिएर गत ४ गते बुधबार नै पोखरा आएर सुन बिक्री गर्न खोजिएको प्रमुख ओलियाले बताए । विक सुन बिक्री भए बापत केही रकम दिने सर्तमा बुटवलबाट पोखरा आएको खुलेको छ। कुलदिपले नै भारतबाट उक्त सुन ल्याएर बेचबिखन गरेको ओलियाले बताए । उनलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाएको उनले बताए ।






About Us
प्रतिक्रिया