काठमाडौं – विजय लघुवित्त वित्तीय संस्थाले विद्यमान संस्थापक शेयरधनीहरुका लागि संस्थापक शेयर बिक्री खुला गरेको छ । संस्थाले अजय कुमार पटेल पटनवार, कृष्ण प्रसाद पौडेल र सुलोचना न्यौपाने गरी ३ जना वित्तीय संस्थाको शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा राखेको हो ।
जसमा अजय कुमार पटेल पटनवारको २ हजार ४ सय कित्ता, कृष्ण प्रसाद पौडेलको ८ हजार ३ सय १४ कित्ता र सुलोचना न्यौपानेको १३ हजार ७ सय १४ कित्ता शेयर गरी जम्मा २४ हजार ४२८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।
उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन् । आवेदन दिनका लागि यस संस्थाको केन्द्रीय कार्यालय धुलिखेल काभ्रेपलान्चोकमा सम्पर्क गरी निवेदन दिन सकिनेछ।
साथै, उक्त शेयर संस्थाले तोकेको समयमा विद्यमान संस्थापक शेयरधनीबाट आवेदन नआएकामा प्रस्तावित शेयर विद्यमान संस्थापक शेयरधनी भन्दा बाहेक अरू सर्वसाधारणमा बिक्री गरिने संस्थाले सूचना मार्फत जानकारी दिएको छ ।



About Us
प्रतिक्रिया