‘बेलायत र लिथुआनिया पठाइदिन्छु’ भन्दै ठगी गरेको आरोपमा ३ जना पक्राउ


काठमाडौं – विभिन्न प्रलोभन देखाउँदै बेरोजगार युवाहरुलाई वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । बेलायत र लिथुआनिया पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ बस्ने धनुषा घर भएकी २६ वर्षीया सुजनी कुमारी साह, सुनसरी धरान घर भएका ३४ वर्षीय दीपक कुमार उदास र भक्तपुर चाँगुनारायणकी २३ वर्षीया रेशिका हमाल न्यौपाने छिन् ।

पक्राउ परेकामध्ये सुजनी कुमारीले यूके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १७ लाख ४ हजार रूपैयाँ, दिपक कुमारले यूके पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ३४ हजार रूपैयाँ र रेशिकाले लिथुआनिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख ८ हजार रूपैयाँ ठगी गरेको आरोप छ ।