काठमाडौं – नेपाली बजारमा आज सुनकाे मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन तोलामा २५ सय रुपैयाँले घटेको हाे ।
यससँगै आज सुन तोलामा १ लाख ९५ हजार रुपैयाँ कायम भएको छ। हिजो पनि सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमै कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । यससँगै चाँदी तोलाको २ हजार १६० कायम भएको छ । हिजो चाँदी तोलाको २ हजार १६५ रुपैयाँमै किनबेच भएको थियो ।






About Us
प्रतिक्रिया