काठमाडौं – वैदेशिक रोजगारीको लागि बोस्निया र मलेशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङका २६ वर्षको दिपेन्द्र गुरुङ र सर्लाहीका ३४ वर्षको रुपी मायाँ रहेका छन् । उनीहरूले बोस्निया र मलेशिया पठाइदिन्छु भन्दै १२ जनासँग १२ लाख सन्ताउन्न हजार ठगी गरेका थिए ।
पक्राउ परेका गुरुङले ६ जनालाई बोस्निया पठाइदिन्छु भन्दै सात लाख रुपैयाँ ठगी गरेका थिए । यस्तै, मायाँले ६ जनालाई मलेशिया पठाइदिन्छु भन्दै पाँच लाख सन्ताउन्न हजार रुपैयाँ ठगी गरेका थिए ।
उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।






About Us
प्रतिक्रिया